बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। गोकुलेश्वरबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ९२७ जीप दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्ला भन्ने स्थानमा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्।
जीपमा ९ जना सवार रहेको बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अनियन्त्रित भइ जीप सडकबाट ३ मिटर तल खसेको छ भने घटनाको थप विवरण आउन बाँकी छ।