काठमाडौ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइलाको छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु गरेको थियो । दोस्रो चरणको छायाङ्कन भने काठमाडौँबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here