काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी मिठाइ को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो । गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो ।

त्यसपछि महानगरले बालबालिका लक्षित गरेर उक्त क्याण्डी बेच्न रोक लगाएको हो । गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले हानीकारण रङ भेटिएको पाइएपछि यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिएकी छन् । अभिभावकहरुलाई समेत खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here