काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा विदेशी महिला मृत फेला परेकी छन् । जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने– ‘म पनि घटनास्थलमा जाँदै छु ।’

नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here