काठमाडौँ । कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ ।मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ ।उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई बिग्रेकाे र करिब २ लाख ५० हजार जति रकम खर्च गर्न लाग्ने र सो रकम अस्पतालले ब्यावस्थापन गर्न सक्ने भए पनि विद्युतीय भाेल्टेजकाे कारण फेरि एक्सरे मेसिन बिग्रने र अनियम एक्सरे मेसिन मर्मत कार्य हुन नसक्दा समान्य चाेटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नु पर्ने बाध्यता रहेकाे छ ।

जिल्लाका दुरदराजबाट उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन अभावले अन्याैलमा पर्ने गरेका छन् ।अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त स्वास्थ्य सेवा ब्याबस्थापक डाक्टर कमल ढुंगानाले बताए । उनले भने,’मुगुकाे विद्युतकाे भाेल्टेजस्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्यायका छाैं’ एक्सरे मेसिन पनि यसरी विद्युत भाेल्टेजस्थिर नभएर नै बिग्रियकाे ढुंगानाले बताए ।लाखाैं रूपयाँ खर्च गरेर एक्सरे मेसिन बनायाे फेरि विद्युतकाे कारणले बिग्रिहाल्छ । केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने विद्युतकाे भाेल्टेज पुगेपछि एक्सरे मर्मत गरी सुचारु गरिने पनि निमित्त स्वास्थ्य प्रमुख ढुगांनाकाे भने ।

जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेकाे कुनै विकल्प मुगु जिल्लामा नभएपछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरी न्यूनत्तम ७ हजारभन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साविकका गम, साेरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले स्थापना भएको थियाे ।जिल्ला अस्पताल बिरामीको लागि अझै ब्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव फार्मेसी सेवा संचालन र रक्तसंचार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दैआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here