काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।