काठमाडौँ । नेपालमा १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोगका बिरामीमध्ये १४ वर्ष मुनिका १ सय ८१ जनामा पुष्टि भएको हो ।  नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलव १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो ।

पछिल्लो पटक फेला परेका कुष्ठरोगका बिरामीमध्ये दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत छन् । कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको महाशाखाले जनाएको छ । अर्थात् कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलव ५१ प्रतिशत महिला छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here