काठमाडौँ । आफ्नै साथीले गरेको कुटपिटबाट पाँचथर नागी गाउँपालिका घर भएका विक्रम सेनेहाङको मृत्यु भएको छ।शुक्रबार राति झापाको बुद्धशान्ति गाउँपालिकास्थित पाथिभरा ब्लक उद्योगमा सेनेहाङमाथि आक्रमण भएको थियो।उद्योगमा काम गर्दै आएका झापाको शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भएका १९ वर्षीय मिलन पुरकोटीले सामान्य विवादका क्रममा सेनेहाङमाथि काठको मुंग्रो र हम्मर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

आक्रमणबाट घाइते भएका सेनेहाङलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको थियो।त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै विराटनगरस्थित नोबेल अस्पताल पठाइएको र आज बिहान निजको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि पुरकोटी पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here