काठमाडौँ । नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–१० निवासी ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् ।

महर्जनले फेक फेसबुक अकाउन्टबाट सामाजिक सञ्जालमा रहेका साथीहरूलाई मेसेन्जरबाट अश्लील म्यासेजहरू पठाउने गरेका थिए । यसबाट नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकाले पीडितको आफन्तले साइबर ब्यूरोमा उजरी दिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।यस विषयमा अनुसन्धान तथा प्रविधि विश्लेषण गर्दै जाने क्रममा उक्त काम महर्जनले गरेको खुलेको थियो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा काठमाडौँ महानगरपालिका–२७ भोटाहिटी चोकबाट गत माघ १८ गते पक्राउ गरिएको थियो । महर्जनलाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको उपरीक्षक चन्दको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here