काठमाडौंँ । गायन रियालिटी शो इन्डियन आइल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन्।आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी  सोमबार आफ्नो गृहनगर झापा आएकी हुन् । गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

जसका लागि उनी यतिबेला झापाको मेची पुलमा आइपुगेकी छन्।उनलाई त्यहाँ प्रदेशसभा सदस्य छवि चुडालले स्वागत गरे । पाैडेललाई स्वागत गर्न सो ठाउँमा संगीतकर्मी तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ । रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत विद्यालयले आज उनलाई अभिनन्दन एवम् सम्मान गर्न लागेकाे हाे।पाैडेल विसं २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी थिइन्। उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here