तनहुँ – २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय  सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here