काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार मंगलबार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवी ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै नेपाली ठुलो गोलभेँडा ३५ रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम गरेको समितिले जनाएको छ ।