काठमाडौँ – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेस बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।आइतबार विश्व सामाजिक मञ्चले काठमाडौँमा आयोजना गरेको चुरे संक्षरणसम्बन्धी कार्यक्रममा बोल्दै उनले मधेस बचाउनको लागि सरकारले सबैभन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका हुन्।

अध्यक्ष पौडेलले चुरे संरक्षणको लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेस दुवै जोगाउन नसकिने दाबी गरे। उनले चुरे जोगाउनको लागि सबैभन्दा पहिला पहाडमा खोला क्षेत्रमा वृक्षारोपण गरी माटो बग्न रोक्नुपर्ने बताए। उनले त्यसको लागि पहाडका नदि किनारमा बाँस तथा वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न आवश्यक रहेको बताए।वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न त्यस क्षेत्रका मानिसहरुलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । अध्यक्ष पौडेलले १० अर्ब खर्च गरेर बाटो निर्माण गर्दा फालिएको माटो सरकारले दिएको १ अर्ब रुपैयाँ खर्च गरेर चुरे संरक्षण गर्न नसकिने बताए।

उनले चुरे संरक्षणको लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको गुनासो गरे। उनले सरकारले दिने बजेटले चुरे संरक्षण गर्नसक्ने अवस्था नभएको स्पष्ट पारे।उनले चुरे संरक्षण गुरुयोजनाले हरेक वर्ष १५ देखि २२ अर्ब रुपैयाँ आवश्यक हुने आँकलन गरेको भए पनि समितिले एक अर्ब रुपैयाँ मात्रै बजेट पाएको बताए । उनले सबैको व्यवहार परिवर्तन नभएसम्म चुरे संरक्षण हुन नसक्ने बताए।

उनले चुरे संरक्षणको लागि राजनीतिक प्रतिबद्धता पनि आवश्यक भएको बताए। उनले राजनीतिक प्रतिबद्धता र सत्तामा भएको नेतृत्वको भूमिकाबिना चुरे क्षेत्रको संरक्षण हुन नसक्ने देखिएको उल्लेख गरे । उनले चुरेमा वृक्षारोपण गर्ने, पोखरीहरु बनाउँदा मात्रै चुरे संरक्षण दिगो हुने बताए। उनले चुरे क्षेत्रका हरेक नदीमा ५० लाखका दरले बाँस रोप्न आवश्यक रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here