काठमाडौं । विराटनगरमा लागुऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरको टोलीले सोमबार बेलुका बिराटनगर जोगबनीको सीमा क्षेत्रबाट भारतका मोहम्मद सलमानलाइ १.१२ ग्राम खैह्रो हिरोइनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार विराटनगर-१५ स्थित १ नम्बरढाटबाट पक्राउ परेका २१ वर्षीय सलमान भारत उत्तरप्रदेशको भर्साली शाहपुरका हुन्।

विराटनगर महानगरपालिका- १५ स्थित १ नम्बर ढाटबाट सलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय, रानीका प्रहरी निरीक्षण सन्दीप बेल्वासेका अनुसार शंका लागेर शरीर जाँच्ने क्रममा सलमानको साथबाट खैराे हेराेइन बरामद भएको हो।कार्यालयमा हिरासतमा रहेका सलमानलाई प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here