Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं । नेपाली भाषाको पहिलो एनिमेटेड फिचर चलचित्र ‘सलिना : पार्टवान’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेट लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतङ्कलाई रोक्न लड्ने लडाइँको कथा चलचित्रले पेस गर्छ । चारैतिर राक्षसकी रानीको आतङ्क फैलिएपछि सलिना पात्रको डायलग छ– म तयार छु ।’ 

चलचित्रमा कथासँग एनिमेसनर भीएफएक्सको प्रयास प्रशंसनीय छ । तेजश राज जोशीले निर्देशन गरेको चलचित्रलाई रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको हो । चलचित्र काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ । चलचित्रमा पार्श्व ध्वनि बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग गरिएको छैन । निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको चलचित्रलाई शिवपुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइन र कलाकार सगीन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर हुन् । सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिन सुन्दर प्रधानले गरेका छन् ।

चलचित्रको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजश राज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगीन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here