काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसी प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताएका हुन् । 

उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसद्को काम भनेको कानुन निर्माण गर्ने हो । एक वर्षमा एउटा कानुन निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद् अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला ।’ सांसद केसीले संसद्को कार्यतालिका ल्याएर संसद् सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here