काठमाडौँ-काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकप्टर नौ मिनेटमै काठमाडौंमै फर्किएको छ। शुक्रबार बिहान सवा आठ बजेतिर काठमाडौैँबाट लुक्लाको लागि उडेको नाइन एन एजेडी कलसाइनको हेलिकप्टर प्राविधिक समस्याका कारण काठमाडौँ फर्काइएको हो।

हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको थियो। शुक्रबार बिहान लुक्लाको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here