काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको उनले बताए । कलाकर्मीहरूलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरूलाई फुलाउँछु भनेर बार लगाए पनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरू लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपुर सदुपयोग गर्ने कोसिस गरेको बताए ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here