काठमाडौँ – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको  ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक गरिएको छ । केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो । फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । 

प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरु सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको छ। 

अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताए । केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भएपनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रुपमा मात्र उपस्थित हुनसक्ने उनले बताए । प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको उनले बताए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here