काठमाडौँ- नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक चियापान समारोहमा उनले यस्तो बताएका हुन्।उनले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताए। उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गरे।उनले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको जिकिर गरे। काँग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने उनले भनाइ छ।कोइरालाले भने,‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ। उमंग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो। काँग्रेस पार्टीको भविष्य हो। काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ ।हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो। नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन।’
नेता कोईरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौंमा आज चियापान समारोह राखेका थिए। सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए।