काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने जिकिर गरे।उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताए। उनले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने बताए।

उनले यस्ता कुराहरू अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको बताए।सचेतक गिरीले भने, ‘चाहे पत्रकार, चाहे नेता, चाहे कर्मचारी चाहे जोसुकै क्षेत्रका मानिस हुन्। प्रत्येक नागरिकले आफूले केही कुरा बोल्छ र लेख्छ भने त्यस कुराप्रति ऊ जवाफदेही हुनैपर्छ। हामीले आफूले गरेका काम र कर्तव्यप्रति सम्पूर्ण रूपले जवाफदेही बन्नैपर्छ। उत्तरदायी हुनैपर्छ। यसरी  लोकतन्त्र संस्थागत गर्न सक्दैनौं। नयाँ मिडियाको विकास हुँदै गयो भने तदनुकूलका हाम्रा नीति, कानुन निर्माण गर्नुपर्छ। नियमन, निगरानी गर्नेकुरामा ध्यान दिनुपर्छ। जस्तो टिकटक बन्द भयो। भोलि अर्को बन्द होला। सत्तामा हुनेले केही चिज बिजायो भने बन्द गरिदिने गरेर समस्याको समाधान हुँदैन।’उनले आफ्ना कुराप्रति जिम्मेवार नभएसम्म सुसंगत समाज र समृद्धिको संकल्पतिर जान नसकिने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here