काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले शनिबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन् ।

प्रधान सेनापतिलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले अभ्यासको बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रधान सेनापतिले स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इनहान्समेन्टसँग सम्बन्धित कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा फागुन ८ गतेबाट सुरु भएको नेपाल सहित १९ राष्ट्रका सैनिकहरू सम्मिलित उक्त अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here