काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।  नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडाैँ आएका हुन् । उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here