काठमाडौँ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ ।​ यस योजनाअन्तर्गत फुटबलप्रेमी नेपालीहरूले जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’लाइभ हेर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यूईएफए यूरो २०२४ का खेलहरू १४ जुनदेखि १४ जुलाईसम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछन् ।​

११ जना ‘लक्की’ ग्राहकले मैदानमै पुगेर खेल हेर्न सक्ने साइमेक्स इंकले ​जनाएको छ । विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर बनेको छ ।​​​​​​ बीवाईडीले इतिहासमै पहिलोपटक यूईएफएसँग साझेदारी गरेको हो ।​​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here