काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार निधन भएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उनले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताए। उनले आचार्यका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताए। उनले बाँच्नेहरुले उनको निम्ति धेरै काम गर्न बाँकी रहेको बताए।

उनले भने, ‘उहाँलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ। उहाँले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व हुनुहुन्छ। उहाँको दुःखद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। हामी बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ। उहाँको नाममा नेपाल सरकारले केही गर्नेछ। केही काम गर्ने प्रतिबद्धता गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here