काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश अध्यक्षमा ललिता रेग्मी चयन भएकी छन् । सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको संगठनको पहिलो सम्मेलनबाट उनी सर्वसम्मत तरिकाले अध्यक्ष चयन भएकी हुन् । रेग्मी यहाँभन्दा पहिला संगठनकै केन्द्रीय सदस्य थिइन् भने ०७० सालको संविधान सभा सदस्य समेत भइसकेकी नेतृ हुन् । सुर्खेत निवासी रेग्मी जनयुद्ध लडेकी महिला नेतृ हुन् ।

यस्तै प्रथम सम्मेलनबाट उनको नेतृत्वमा ९९ सदस्यीय कमिटी गठन भएको छ । संगठनको उपाध्यक्षमा रुकुम पश्चिमकी निर्मला विष्ट, जुम्लाकी गंगा उपाध्याय कालिकोटकी कृष्णकला शाही, जाजरकोटकी देवका लामिछाने चयन भएकी छन् । सचिवमा सुर्खेतकै गीता तिमिल्सिना, सहसचिवमा डोल्पाकी निर्मला विसी चयन भएका छन् । केही पदाधिकारी भने अर्को बैठकमा टुङ्गो लगाउने अधिवेशन सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here