काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो । सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here