काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको छ । कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको हो । अब नेदरल्यान्ड्सलाई हराउन नामिबियाले दुई सय ४८ रन बनाउनु पर्नेछ ।

नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको हो । कीर्तिपुर मैदानमा बनेको तेस्रो ठूलो स्कोर पनि नेपालकै नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here