काठमाडौँ – अख्तियार दुरुपयो अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाडौंका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

चौलागाईंसँगको मिलोमतोमा लेखापढी व्यवसयी पोखरेलले सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पोखरेलले लिएको एक लाखमध्ये पचास हजार आफूले राखेर बाँकी पचास हजार सर्वेक्षक चौलागार्ई दिने तयारीमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here