काठमाडौं – डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। उनी उमेर विवादमा परेका थिए। उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको छन्। उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको छ।
उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए। २०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ। उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो। अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्।