काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजीको अनावरण गरेको छ । जसले बढीभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक मोबाइल इनोभेशनहरू प्रदान गर्ने सामसङले जनाएको छ ।

‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, यसबाट धेरैले अधिक सुविधाहरूको आनन्द लिन सक्नेछन्’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘यस वर्ष ग्यालेक्सी ए सिरिज भित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं ।

’ दुवै फोनामा उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरूप समायोजन हुने शानदार डिसप्ले राखिएको कम्पनीले जनाएको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here