काठमाडौँ-पूर्वप्रधानन्यायाधी सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन्। शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको उल्लेख गरिन्।कार्कीले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । उनले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन्। कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन्।
कार्कीले भनिन्,‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ ।अझ म आशा गर्दछु। दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको। मेरा दिदिबहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्यूहरुका चेलीबेटी, आमाबैनी कोको हुनुहुन्छ, उहाँहरुले आफ्नो दोहोरो भूमिका राम्रोसँग निभाएर काम गर्न सक्नुहुन्छ। राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन्। किनभने मैले गरेको छु। मैले त्यो संघर्ष गरेको छु। कति पीडा हुन्छ, त्यो मैले भोगेको छु। एउटा पुरुषले दुःख पाएको छ, भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन्।’शुक्रबारबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ।