काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गतेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  बैठक ११ बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here