काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ को सातौँ विकेट विवेक यादवले लिएका हुन् । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई पाँच रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराए । १७.४ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्डले एक सय २२ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here