काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हाजिर भएका छन् । सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलावटअनुसार उनी बुधबारको बैठकमा उपस्थित भएका हुन् । 

समितिका सभापति रामहरि खतिवडाले प गृहमन्त्री लामिछाने बैठकमा सहभागी भएसँगै छलफल सुरु भएको बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here