काठमाडौँ राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।निर्देशन दिँदै उनले भने,‘माननीय सदस्यहरूले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरूका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here