काठमाडाैँ । जिल्ला प्रहरी कार्यालयमा भोजपुरी भाषामा नागरिक वडा पत्र राखिएको छ । भाषिक समस्याका कारण आम नागरिकले प्रहरी सेवाबाट वञ्चित वा थप झन्झट व्यहोर्नु नपरोस् भन्ने हेतुले स्थानीय भाषामा नागरिक बडापत्रको व्यवस्था गरिएको प्रहरी हो ।आम नागरिकले प्रहरी कार्यालयबाट प्राप्त हुने सेवा, लाग्ने समय र सो सम्बन्धी प्रक्रियाका साथै जिम्मेवार अधिकारीका विषयमा विस्तृत जानकारी बडापत्रमा उल्लेख छ । सोही सिलसिलामा बिचौलिया निषेध गरी  नागरिक मैत्री सेवा प्रवाहमा अभिवृद्धि गर्ने उद्देश्यले सेवाग्राहीहरूको सहजता र सुविधाको लागि २ जना नागरिक सहजकर्ता समेत परिचालन गरिएको गरिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम राख्ने प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा नागरिक बडापत्र राख्नु पर्ने सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को व्यवस्था अनुरूप कार्यालय परिसरमा नेपाली भाषामा नागरिक बडापत्र राखेर कार्यान्वयनमा ल्याइँदै आइरहेकोमा भोजपुरी भाषामा समेत वडा पत्र राखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here