काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा समावेशी, समानता र सशक्तीकरणको संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो समर्पणलाई जोड दिँदै उद्घाटन ‘स्पार्क’ : २४ नेतृत्वमा महिला सशक्तीकरण– समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दवन सान्चेज, एफ सफ्ट ग्रुपका पीयूष पौडेल लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठकले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्नो धारणा सेयर गरिन् । सो अवसरमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूको श्रृंखलामार्फत् आफ्ना महिला कर्मचारीको व्यावसायिक विकास र सुस्वास्थ्य अभिवृद्धि गर्न बैंकको अटल प्रतिबद्धता दोहोर्‍याए ।‘हामी एक अनुकूल वातावरण प्रदान गर्न प्रयास गर्छौँ, जसले महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा फस्टाउन सक्षम बनाउँछ,’ शाहले भने,  ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढवा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ ।’ हाल, लक्ष्मी सनराइज बैंकको ३६५ कार्यशक्ति महिला छन् । यसैगरी काठमाडौं उपत्यकामा बैंकका करिब ४०५ शाखा प्रबन्धकहरू महिला छन् भने २५५ विभागको नेतृत्व महिलाले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here