काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले हावाहुरीका कारण मृत्यु भएका भुवन सिञ्जालीको परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । हावाहुरीले पाल्पाकै रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको सांसद गैरेको भनाइ छ । 

असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको उनले बताए । ‘पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,’ गैरेले भने ,‘ बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here