काठमाडौं– उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्त्व बढ्दै गइरहेको जिकिर गरेका छन् । नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्त्व झनै बढेर गएको उनको भनाइ छ ।साथै, उनले हाल नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताएका छन् । उनले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै तेस्रो मुलुकबाट आयात गरेको बताएका हुन् । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भए पनि पर्याप्त नभएको समेत जिकिर गरेका छन् ।‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्त्वपूर्ण भुमिका छ’ उनले भने’नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ ।
यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त छैनन् ।’
अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् । यसले उत्पादनमा बृदि गर्ने उनको भनाइ थियो ।