काठमाडौँ । बलिउड गायक र र्‍यापर ‘मेलो डी’ नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर दरबार मार्गस्थित क्लब नेक्ससमा आयोजना हुने ‘मेलो डी लाइभ’ सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । एल एन्ड एन एजेन्सीको आयोजना रहेको कार्यक्रममा उनले विभिन्न बलिउड गीतबाट दर्शक झुमाउनेछन् ।

आयोजक एल एण्ड एनका प्रबन्ध निर्देशक नितिन कायस्थले नेपालीका लागि नयाँ वर्ष विशेष बनाउन ‘मेलो डी लाइभ’ कार्यक्रम आयोजना गरिएको बताए ।उनले समकालीन विटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्युजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ । एलएण्डएनले यसअघि बलिउड कलाकार र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिसकेको छ ।

मेलो डी बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरमा पर्छन् । युवा पुस्ता माझ चर्चित उनले ‘फाइटर’ फिल्मको ‘इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ को ‘तेरे आंखे भूल भुलैया’, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चर्चित गीतहरू दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here