काठमाडौँ । लुम्बिनी  प्रदेशका मुख्यमन्त्री  डिल्ली बहादुर चौधरीले  विश्वासको मत लिनु भन्दा  अगाडि  काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि  मुख्यमन्त्री  चौधरीले  प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा गर्न थालेका हुन् । 

अहिले एक बजे कांग्रेस संसदीय दलको कार्यालय देउखुरीमा बैठक  बस्दैछ । बैठकमा  चौधरीले अहिलेसम्मको अवस्थाका बारेमा  ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमसेनाले   बैठक बोलाएको त्यहीबाट मुख्यमन्त्री कसरी जाने भन्ने टुङ्गोमा पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here