काठमाडौँ । हुलाकी राजमार्गको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजमार्ग आयोजना प्रमुख अजयकुमार मुलले उक्त जानकारी दिएका हुन्। २०६६–०६७ मा सुरु भएको राजमार्ग अहिले म्याद थप्दै सप्पन्न मिति २०८३–०८४ पुर्याइएको छ। सुरुको लागत ६५ अर्ब अनुमानित लागत थियो  अहिले बढेर १ खर्ब ९३ करोड पुर्याइएको छ। 

अहिलेसम्म १२४३ किलोमिटर कालोपत्रे र १३५ वटा पुल बनिसकेको जानकारी मुलले दिए। आयोजनको बित्तीय प्रगित भने ६० प्रतिशत भएको छ।  मुलले आगामी आर्थिक बर्षमा ६ अर्ब, आगामी आर्थिक बर्षमा ११ अर्ब र क्रमश आर्थिक वर्षना २१, ८ र ११ अर्बको स्रोत सुनिश्चितता हुनुपर्ने जानकारी मुलले दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here