काठमाडौं– नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य पार्टीसँग सहयोगका लागि अपिल गर्ने जानकारी दिए । कांग्रेसले आफ्नै उम्मेदवार उठाएकाले एमालेले अन्य दलहरुसँग मात्रै मतदानका लागि अपिल गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here