काठमाडौँ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए। उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौं अधिवेशन निर्वाचन कमिटीका संयोजक टंकप्रसाद न्यौपानेले जानकारी दिए।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज शपथ खुवाइने छ। नवौं अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो। एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन्। नवौं अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here