काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ । प्रतियोगितामा याे नेपालले लगातार तेस्रो जीत हाे ।

ओमानको अल अमारात क्रिकेट मैदानमा भएको खेलमा नेपालसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा ११४ रनमा अल आउट भई नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । नेपाललेले १२.२ ओभरमा दुई विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि कुशलले १९ बलमा २ छक्का र ३ चौकाकाे मद्दतले ३२ रन बनाएर । आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन बनाएर आउट भए । कप्तान रोहित पौडेल २० बलमा तीन चौकासहित २५ रन र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए।

हङकङका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । त्यस्तै, ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२ र बाबर हायतले ६ रन बनाए । अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रन बनाए ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । करण केसीले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेकाे थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

नेपाल अंकतालिकाको शीर्षस्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here