काठमाडौं । गण्डकी प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।
चैत्र शुक्ल अष्टमी चैते दसैँको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालयमा बिदा दिएको हो ।
गत चैत ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा विभिन्न चाडपर्व र दिवसमा बिदा दिने निर्णय गरेको थियो ।