काठमाडाैं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)को सामना गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल समुह ‘ए’ मा अपराजित रहदै समुह विजेता बनेको छ । प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा हङकङले ओमानको सामना गर्ने छ ।

दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here