काठमाडौं- उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, शहरी विकास मन्त्री विक्रम पाण्डे र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानको राजीनामा स्वीकृत भएको हो।

ती मन्त्रालयहरूको कार्यभार पनि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने व्यवस्था भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बनेको भोलिपल्ट फागुन १३ गते राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here