काठमाडाैं । यही वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा निर्वाचन आयोगले पाँच बुँदे निर्देशन जारी गरेको छ ।
उपनिर्वाचन मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयललाई निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
बिहीबार बसेको आयोगको बैठकले उपनिर्वाचन हुने जिल्लाको विद्युत र खानेपानी आपूर्तिको व्यवस्था नियमित गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।
निर्वाचन क्षेत्रभित्र यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन आयोगले निबर्देशन दिएको छ ।
इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ र बझाङको प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।